काठमाडौँ। बिमस्टेकमा भाग लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनेछन् ।
यस्तै, प्रतिनिधि मण्डलमा २७ जना निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू समेत सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), नेपाल उद्योग परिसंघ (सिएनआई) लगायत विभिन्न निजी तथा गैर सरकारी संघ संस्थाहरूबाट प्रतिनिधिहरूओलीसँग थाइल्यान्ड भम्रणमा गएका छन्
यस्तो छ भ्रमण दलमा रहने उद्योगी व्यावसायीको सूची
चन्द्रप्रसाद ढकाल : नेपाल उद्योग वाणिज्य महासंघ, अध्यक्ष
अन्जन श्रेष्ठ : नेपाल उद्योग वाणिज्य महासंघ, वरिष्ठ उपाध्यक्ष
हेमराज ढकाल : नेपाल उद्योग वाणिज्य महासंघ, उपाध्यक्ष
ज्योत्सना श्रेष्ठ : नेपाल उद्योग वाणिज्य महासंघ, उपाध्यक्ष
गोकर्ण अवस्थी : नेपाल उद्योग वाणिज्य महासंघ, महानिर्देशक
मनोज पौडेल : नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारी सदस्य
पशुपति देव पाण्डे : नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारी सदस्य
उदय चापागाईं : गोरखा टी स्टेट, अध्यक्ष
शान्ता बाँस्कोटा कोइराला : कञ्चनजंगा टी स्टेट तथा रिसर्च सेन्टर, म्यानेजिङ डिरेक्ट
कमलेश अग्रवाल : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी)
दीपक कुमार मल्होत्रा : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), वरिष्ठ उपाध्यक्ष
अर्जुन प्रसाद शर्मा : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), उपाध्यक्ष
राजेश कुमार अग्रवाल : नेपाल उद्योग परिसंघ (सिएनआई), अध्यक्ष
निर्वाण चौधरी : नेपाल उद्योग परिसंघ (सिएनआई),उपाध्यक्ष
हेमराज ढकाल : नेपाल उद्योग परिसंघ (सिएनआई), उपाध्यक्ष
घनश्याम ओझा : नेपाल उद्योग परिसंघ (सिएनआई), महानिर्देशक
अच्युत प्रसाद वाग्ले : काठमाडौं विश्वविद्यालय, उपकुलपति एसोसियट डीन
उद्धव प्रसाद प्याकुरेल : काठमाडौं विश्वविद्यालय, एसोसियट डीन
शंकर प्रसाद पाण्डे : निर्यात व्यावसायी महासंघ, अध्यक्ष
उमेश प्रसाद सिंह : कटेज तथा साना उद्योग व्यावसायी महासंघ, अध्यक्ष
रविन्द्र शाक्य : ह्यान्डीक्राफ्र एसोसियसन महासंघ, अध्यक्ष
पवन कुमार गोल्यान : जनता आग्रो एन्ड फरेस्ट्री, अध्यक्ष
राजेश काजी श्रेष्ठ : इन्टरनेसनल चेम्बर अफ कमर्स, अध्यक्ष
चेतराज पन्त : नेपाल नेत्रज्योती संघ, अध्यक्ष
सागर प्रताप राणा : नेपाल नेत्रज्योती संघका, उपाध्यक्ष
परासर प्रसाईं : पर्यटन व्यावसायी
सुरेन्द्र सिलवाल : सारस बेभरेज, म्यानेजिङ डिरेक्टर