National life

दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर , कसले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
1.3kShares
दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर , कसले कति ?
ncell

काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि पनि ब्याजदर घटाएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ घटेर औसत ४.७६ प्रतिशतमा झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंसिरमा यस्ता औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो । पुस महिनाका लागि १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।

पुसमा सबैभन्दा धेरै हिमालयन बैंकले ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.५० प्रतिशत घटाएर ४ प्रतिशत र संस्थागततर्फ १.४५ प्रतिशत घटाएर २.८० प्रतिशतमा झारेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?