National life

दशैंको मुखैमा सुनचाँदीको मूल्य आकासियो : एक तोला खरिद गर्न २ लाख १५ हजार बढी चाहिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
1.2kShares
दशैंको मुखैमा सुनचाँदीको मूल्य आकासियो : एक तोला खरिद गर्न २ लाख १५ हजार बढी चाहिने
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले ओरालो झरेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

Royal Enfield
nic asia capital

गत साताभर सुनको मूल्यमा निरन्तर उतार–चढाव देखिँदै आएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितता, अमेरिकी डलरको मूल्यवृद्धि तथा कच्चा तेलको भाउजस्ता कारकहरूले नेपाली बजारमा समेत असर पारेको व्यवसायीहरूको भनाइ छ।

यता, चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुन–चाँदी व्यवसायीका अनुसार राजनीतिक अनिश्चितता छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?