National life

दशैं नजिकिँदै जाँदा चर्कियो तरकारी तथा फलफूलको भाउ : कुनको कति (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
1.1kShares
दशैं नजिकिँदै जाँदा चर्कियो तरकारी तथा फलफूलको भाउ : कुनको कति (सूचिसहित)
ncell

काठमाडौं । राजधानीको तरकारी तथा फलफूल बजारमा यस सातासमेत तरकारीको खुद्रा मूल्यमा उतारचढाव देखिएको छ। बजार मूल्यअनुसार आलु रातो (मुडे) प्रति किलो न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँमा कारोबार भएको छ भने आलु सेतो ३८ देखि ४० रुपैयाँमा उपलब्ध भएको छ। भारतीय सुकेको प्याज ४० देखि ४४ रुपैयाँमा झरेको छ।

तरकारीमध्ये गाजर (लोकल) १२०–१३० रुपैयाँमा, तराई गाजर ९०–१०० रुपैयाँमा, बन्दा (लोकल) ४५–५५ रुपैयाँमा तथा काउली ९०–१०० रुपैयाँमा कारोबार भएको छ।

Royal Enfield
nic asia capital
मूला, भन्टा, बोडी, घिउ सिमी, टाटे सिमी, लौका, परवर, घिरौला, फर्सी, भिण्डी लगायत तरकारीमा पनि मूल्य भिन्नता देखिएको छ।

सागसब्जीमा चमसुरको साग १८०–२०० रुपैयाँ, रायो र पालुंगो ९०–१०० रुपैयाँ, तोरीको साग ५०–६० रुपैयाँमा पाइयो। च्याउको मूल्यमा भने ठूलो अन्तर देखिएको छ। डल्ले र कन्य च्याउ २००–४०० रुपैयाँमा पाइए पनि सिताके च्याउ प्रतिकिलो ९००–१००० रुपैयाँमा उक्लिएको छ।

फलफूलतर्फ स्याउ झोले २००–२५० रुपैयाँ, फुजी स्याउ २५०–३०० रुपैयाँमा कारोबार भयो। केरा प्रतिदर्जन ११०–१३० रुपैयाँ, सुन्तला १४०–१६० रुपैयाँ, जुनार २४०–२६० रुपैयाँ तथा अनार ३००–३५० रुपैयाँमा बिक्री भयो। आयातित नासपाती (चाइनिज) २००–२२० रुपैयाँ तथा किवी र आभोकाडो २५०–३०० रुपैयाँ प्रतिकिलोमा पुगेका छन्।

माछामा भने सुकेको माछा ८००–१००० रुपैयाँ प्रतिकिलोमा पुग्दा ताजा माछा (रहु) ३२०–३४०, बचुवा २६०–२८० तथा छडी २२०–२४० रुपैयाँमा उपलब्ध भएको छ। रकारी व्यवसायीका अनुसार दशैं नजिकिँदै जाँदा माग बढ्ने भएकाले केही वस्तुको मूल्य अझै बढ्ने सम्भावना रहेको छ।














































































































































































































































































































































































































































































































































































































































यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?