काठमाडौँ । दशैं आउन अब हप्तादिन पनि बाँकी छैन। सामान्यतया चाडपर्व नजिकिँदै जाँदा राजधानीका व्यापारिक क्षेत्रहरूमा चहलपहल बढ्ने अपेक्षा गरिन्छ। तर राजधानीको प्रख्यात व्यापारिक क्षेत्र दरबारमार्ग भने यसवर्ष अस्वाभाविक रूपमा सुनसान देखिएको छ।
व्यवसायीहरूले दशैंको समयमा बिक्री बढ्ने आशा राखेका थिए।
दरबारमार्गका कपडा, जुत्ता, गहना तथा रेस्टुरेन्ट व्यवसायीहरूका अनुसार, आर्थिक मन्दी र हालैको जेन–जी आन्दोलनका कारण व्यापार निकै प्रभावित भएको छ। अघिल्ला वर्षमा यो समयमा दरबारमार्गमा आन्तरिक तथा बाह्य ग्राहकको भीड हुने गरेकोमा यसवर्ष भने ग्राहक नआएर बजार सुस्ताएको उनीहरूको गुनासो छ।
“दशैंमा सबैभन्दा धेरै बिक्री हुने समय हो भन्ने अपेक्षामा स्टक बढाएका थियौं, तर अहिले ग्राहक नै नआएपछि घाटाको जोखिम बढेको छ।” एक व्यापारीले भने
व्यवसायीहरूको भनाइअनुसार, रोजगारीमा कटौती, आम्दानी घट्नु र बजारमा विश्वासको अभावका कारण उपभोक्ताहरू खर्च गर्न डराइरहेको बताएका छन् ।
दरबारमार्ग मात्र होइन, राजधानीका अन्य व्यापारिक केन्द्रहरू पनि सामान्यभन्दा बढी शिथिल देखिएको व्यवसायीहरूको अनुभव छ। उनीहरूका अनुसार, दशैं–तिहारको मुख्य मौसममै व्यापार कमजोर हुनु सरकारका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।
https://www.youtube.com/watch?v=Zzv2vXSr-v4
































