National life

दीपक मनाङेको फैसलाको पूर्णपाठ सार्वजनिक,२८ महिना कैद बस्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
529Shares
दीपक मनाङेको फैसलाको पूर्णपाठ सार्वजनिक,२८ महिना कैद बस्नुपर्ने
ncell

काठमाडौँ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) दुई वर्ष चार महिना कैद बस्नुपर्ने भएको छ।

मनाङेलाई पाँच वर्ष कैद सजाय भएकोमा सोही मुद्दामा यसअघि नै दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वोच्चको फैसलामा भनिएको छ।

गत २० कात्तिकमा सर्वोच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो। जून फैसलाको पूर्णपाठ शुक्रवार सार्वजनिक भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फैसलाका पूर्णपाठ नआउँदा उनको कैदी पूर्जी बनेको थिएन ।

मनाङे हाल डिल्लीबजार कारागारमा छन्। २०६१ सालको बैशाख ३१ गते महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा मिलन गुरुङ (मिलन चक्रे) लाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलाशले  यो मुद्दामा फैसला सुनाएको हो।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/01/deepak-manage.pdf" title="deepak manage"]

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?