काठमाडौँ । आज पुस १६ गते नेप्सेमा सूचीकृत लक्ष्मी सनराइज बैंक,सांग्रिला डेभलपमेन्ट बैंक सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
आज लक्ष्मी ,सांग्रिला डेभलपमेन्ट बैंकसँगै, आइसीएफसी फाइनान्स, डिप्रोक्स लघुवित्त,साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछन्। तसर्थ, आज पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन्
जस अनुसार, लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।
आइसीएफसी फाइनान्सले गत वर्षको नाफाबाट कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले ३।६५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.१९५ नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, अम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०।३० बजे सुरु हुनेछ ।
डिप्रोक्स लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
साना किसान विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।


































