काठमाडौं । नेपाली बजारमा लगतार रुपमा रेकर्ड कायम गरेको सुनचाँदीको मूल्यमा आज भने ब्रेक भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ११ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख १२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २४७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको २५०० मा कारोबार भएको थियो ।































