National life

धितोपत्र बोर्डले हरित बण्डका लागि आवश्यक नीति नियम बनाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
392Shares
धितोपत्र बोर्डले हरित बण्डका लागि आवश्यक नीति नियम बनाउने
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्कासनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भएकाे छ । बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्कासन गर्न आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गर्ने घोषणा गरेको हो ।

यस्तै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूका लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन विषयले बोर्डको नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ ।

बोर्डले धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने बताएको छ ।

Royal Enfield
nic asia capital
साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियामावली तयारी गरी कार्यावन्यनमा ल्याउन घोषणा गरेको छ । बोर्ड नियमावलीको मस्यौदा तयार गरेर सरोकारवालाको सुझाव समेतको आधारमा नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ, ‘वस्तु विनियम बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट, वेयर हाउस सम्बन्धमा आवश्यक नीति नियम तथा निर्देशिका तर्जुमा गरिनेछ ।’

यो समाचार शेयर गर्नुहोस्
392SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?