National life

नयाँ मौद्रिक नीतिकाे धेरै राम्रो पक्ष रहेको छ, अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
1.1kShares
नयाँ मौद्रिक नीतिकाे धेरै राम्रो पक्ष रहेको छ, अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत
ncell

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका हुन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ, अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिकाे धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरे ।

आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने ढुक्क हुन आग्रह गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?