National life

नयाँ वर्ष २०८२ सालमा ८८ दिन सरकारी बिदा, कुन महिनामा कुन पर्व कति बिदा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ वैशाख २०८२, सोमबार
472Shares
नयाँ वर्ष २०८२ सालमा ८८ दिन सरकारी बिदा, कुन महिनामा कुन पर्व कति बिदा ?
ncell

काठमाडौं । सरकारले २०८२ सालमा हुने विदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज २०८२ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका विदा छन् । यो वर्ष जम्मा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ।

Royal Enfield
nic asia capital
दसैँ र तिहारसमेत विभिन्न पर्वका जम्मा बिदा २८ दिन हुनेछ भने गणतन्त्र दिवससमेत विभिन्न दिवसको कूल बिदा ६ दिन परेको छ।

यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्नेछन्।

वैशाख

वैशाखमा ४ दिन शनिबार परेका छन्। यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकैदिन चण्डी पूर्णिमा ९वैशाख पूर्णिमा०, बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ।

जेठ

जेठमा ५ दिन शनिबार। अनि जेठ १५ गते गणतन्त्र दिवस।

असार

असारमा ४ शनिबार अन्य बिदा छैन ।

साउन

साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन्।२५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा।

भदौ

भदौमा ४ शनिबार। भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ। १० गते हरितालिका ९तीज०। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व।

असोज

असोजमा ४ शनिबार ३ गते संविधान दिवस - असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा।

कात्तिक

कात्तिकमा ५ शनिबार। कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा। कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा।

मंसिर

मंसिरमा ४ शनिबार। मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा।

पुस

पुसमा ४ शनिबार पुस १० गते क्रिसमस डेको बिदा, पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा।

माघ

माघमा ४ शनिबार माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा। माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा।

फागुन

फागुनमा ५ शनिबार। ३ गते महाशिवरात्रिको बिदा। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई(मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस ९मार्च ८० को बिदा।

चैत

चैतमा ४ शनिबार। ४ गते घोडेजात्राको बिदा काठमाडौँ उपत्यकामा०। चैत १३ गते रामनवमीको बिदा।

हेर्नुहोस् वर्षभरिको बिदा सूचीस्

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/04/२०८२_सालको_सार्वजनिक_बिदा_सम्बन्धी-1.pdf" title="२०८२_सालको_सार्वजनिक_बिदा_सम्बन्धी"]

 

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?