National life

"नयाँ सरकारका लागि सुशीला कार्की सहमत, जङ्गीअड्डामा आज निर्णायक वार्ता हुँदै "

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
399Shares
"नयाँ सरकारका लागि सुशीला कार्की सहमत, जङ्गीअड्डामा आज निर्णायक वार्ता हुँदै "
ncell

काठमाडौँ । नयाँ सरकार गठनका लागि आज निर्णायक वार्ता हुने भएको छ। जेन–जीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्व दिन सहमति जनाएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग जङ्गीअड्डामा नेपाली सेनाको समन्वयमा वार्ता हुने तय भएको हो।

यसअघि बुधबारका लागि तय गरिएको वार्ता जेन–जीभित्रै नेतृत्व चयनमा मतभेद उत्पन्न भएपछि स्थगित भएको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व लिने इच्छा व्यक्त गरे पनि पछि पछि हटेपछि नयाँ विकल्प खोज्ने क्रममा विवाद बढेको हो।

Royal Enfield
nic asia capital

तर, मेयर शाहले मंगलबार राति नै कार्कीलाई समर्थन गर्ने घोषणा गरेपछि जेन–जीबीच सहमति कायम भएको छ। कार्कीले पनि भारतीय सञ्चारमाध्यमसँग सरकारको जिम्मेवारी लिन तयार रहेको स्पष्ट गरेकी छन्। उनको नाममा जेन–जी पक्षबीच फरक मत नदेखिएकाले सेनाले आज बिहानदेखि नै निर्णायक वार्ताको तयारी अघि बढाएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?