काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बैंकको वार्षिक साधारण सभा २०८३ असोज १४ गते सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरेको छ।
सभाले बैंकका शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
त्यस्तै, प्रस्तावित बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि जी. पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ।
साधारण सभाले बैंकको आगामी कार्यदिशा तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको हो।


































