National life

नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बोलपत्र आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
474Shares
नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बोलपत्र आह्वान
ncell

काठमाडौँ । नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि र सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान गरिएको छ ।

आइतबार नागढुङ्गा सुरुङ निर्माण आयोजनाले अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम समय आगामी पुस २ अर्थात ९१७ डिसेम्बर २०२५० रहेको  छ । बोलपत्रमा भाग लिने कम्पनीले २० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, ३ करोड ९० लाख रुपैयाँ धरौटी तिर्नुपर्नेछ । सुरुङमार्ग पुरानै ढर्राबाट संचालन हुने भएको छ । सरकार प्रविधिमा अगाडी नहुँदा छिटो छरितोको लागि बनाइएको मार्ग भएता पनि गाडी रोकेर बिल काट्ने व्यवस्था गर्न लागिएको छ।

सुरुङमागर्गमा गाडी पुग्ने बित्तिकै अत्याधुनिक प्रविधि अनुसार क्युआार कोडबाट सिधै पैसा काट्ने व्यवस्था हुने छ। सुरुङ मार्ग हुँदै सवारी साधन चलाउन सक्ने अवस्था निर्माण भएपनि दक्ष जनशक्ति एवम् सुरक्षाका अभावका कारण सञ्चालनमा आउन भने सकिरहेको छैन । सुरुङ मार्गको लम्बाइ २।७ किलोमिटर र आपत्कालीनको २।६ किलोमिटर रहेको छ । सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर ९टोल० सरकारले तोकिसकेको छ ।

सुरुङमा अत्याधुनिक प्रणाली रहेको तर सडक विभागको हालको कार्यभार तथा सीमित अनुभव र उपलब्ध जनशक्तिहरुबाट सुरुङ संचालन एवम् मर्मत गर्न कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिहरु मार्फत सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले करिब पाँच बर्षको सुरुङ मार्ग संचालन तथा मर्मत गर्ने छ ।

यस अवधिमा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देख्न सकिन्छ। सुरुङमार्ग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुँदा दुर्घटना, आगलागी वा कुनै पनि प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । शिफ्ट प्रणालीमा सेवा प्रदायकले कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । कर्मचारीका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् भने सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । टोल उठाउनका लागि ५४ जना कर्मचारी रहनेछन् । १४ जना ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि र सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८र८ जना गरि कर्मचारी रहने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषदबाट निर्णय गराएर यसअघिनै कुन सवारीलाई कति शुल्क लिने तोकिसकेको छ । गत वर्ष २०८१ साउन २७ गते बसेको मन्त्रिपरिषद बैठकले नागढुङगा सुरुङ मार्गको शुल्क तोकेको थियो । बिहिबार ९साउन २९ गते० सुचना तथा संचार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सुरुङ मार्ग प्रयोगको शुल्क तोकेको थियो। मन्त्रिपरिषदका अनुसार नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने निर्णयमा सुरुङमा कार तथा भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिर जादाँ ६० रुपैयाँ शुल्क तोकेको छ । यस्तै, मिनीट्रक मिनीबसले काठमाडौं आउँदा ११५ र जादाँ ८० रुपैयाँ तिर्नु पर्नेछ । हेभी ट्रक तथा बसले भने काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र जादा २ सय रुपैयाँ तिर्नु पर्दछ । यसैगरी यन्त्र उपकरण बोकेको गाडीलाई सबैभन्दा धेरै ६ सय तोकिएको छ । फर्किदा भने २ सय ५० रुपैयाँ तोकिएको छ । यसैगरी, सरकारी सवारी र एम्बुलेन्सहरुलाई भने शुल्क नलाग्ने जनाइएको छ । मोटरसाइकल स्कुटर र साइकल भने सुरुङ मार्गबाट आवत जावत गर्न नपाउनि निर्णय गरेको बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?