National life

नागरिक एपको उपयोगिता बढ्दै, यस्ता छन् फाइदाहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
1.6kShares
नागरिक एपको उपयोगिता बढ्दै, यस्ता छन् फाइदाहरु
ncell

काठमाडौं । नेपालमा डिजिटलाईजेसनको सुरुवात गर्ने उद्देश्यले ल्याइएको नागरिक एपको प्रभावकारिता बढ्दै गएको छ । डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

प्रयोगकर्ताहरुले नागरिक एप अहिले एकदमै उपयोगी लाग्न थालेको प्रतिक्रियाहरु दिइरहेका छन् । एक प्रयोगकर्ता भन्छन्, ‘सवारी चालक अनुमतिपत्र छापियो कि छापिएन भन्ने कुरा पत्ता लगाउन नागरिक एपबाटै थाहा हुन्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्ता छन् फाइदाहरु

आफ्नो सवारी चालक परिचयपत्र छापियो कि छापिएन भन्ने थाहा पाउन नागरिक एप खोली ड्राइभिङ्ग लाइसेन्स सेक्सनमा जाँदा तपाइँको लाइसेन्स प्रिन्ट भएर आइसकेको छ भने त्यहाँ ‘योर ड्राइभिङ्ग लाइसेन्स हेज बीन प्रिन्टेड । प्लीज कलेक्ट इट फ्रम द रिलिभेन्ट अफिस’ भनेर आउँछ । त्यसपछि आफ्नो रसिद लिएर जाँदा सजिलै लाइसेन्स प्राप्त गर्न सकिन्छ ।

यस्तै, नागरिक एपबाट स्थायी लेखा प्यान कार्ड सम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने, सरकारलाई तिरेको करको विवरण हेर्न सकिने, नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने लगायतका सुविधाहरु लिन सकिने व्यवस्था गरिएको छ ।

यस एपबाट सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिन्छ । यसैगरी, यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिन्छ ।

नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा पनि रहेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन(स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ ।

नागरिक एप प्रयोग गर्ने तरिका (Steps to Use Nagarik App):



१. डाउनलोड र इन्स्टल: एन्ड्रोइड प्रयोगकर्ताले Google Play Store र आइफोन प्रयोगकर्ताले App Store बाट 'Nagarik App' डाउनलोड गर्नुहोस्।
२. मोबाइल नम्बर दर्ता: एप खोलेपछि आफ्नो नाममा रहेको (आफ्नै नागरिकताबाट लिइएको) मोबाइल नम्बर प्रविष्ट गर्नुहोस्।
३. OTP कोड: तपाईंको मोबाइलमा आएको ६ अंकको OTP (One Time Password) कोड प्रविष्ट गर्नुहोस्।
४. परिचयपत्र प्रमाणीकरण: नागरिकता, राहदानी (Passport), वा मतदाता परिचयपत्रमध्ये एक छनोट गरी आफ्नो विवरण प्रविष्ट गर्नुहोस्।
५. सक्रियता (Activation): सबै विवरण मिलेपछि तपाईंको अकाउन्ट सक्रिय हुनेछ र तपाईंले विभिन्न सरकारी सेवाहरू प्रयोग गर्न सक्नुहुनेछ।





बुँदागतरुपमा मुख्य सुविधाहरू (Features):




  • PAN दर्ता: अनलाइन प्यान नम्बर लिन सकिने।

  • नागरिकता विवरण: आफ्नो नागरिकताको विवरण हेर्न मिल्ने।

  • शैक्षिक प्रमाणपत्र: एसएलसी र उच्च शिक्षाका प्रमाणपत्रहरू राख्न मिल्ने।

  • सवारी साधन र लाइसेन्स: सवारी दर्ता र चालक अनुमति पत्रको विवरण हेर्न मिल्ने।

  • लोक सेवा आयोग: फाराम भर्न र परीक्षाको स्थिति बुझ्न मिल्ने।





  • सरकारले व्यक्तिका सबै सरकारी परिचयपत्रहरु एकै ठाउँमा राख्न मिल्ने गरी २ माघ २०७५ मा नागरिक एप सार्वजनिक गरेको थियो ।

    यो समाचार शेयर गर्नुहोस्
    1.6kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?