National life

निजामती सेवा विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन गरिएको छैन : प्रधानमन्त्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
569Shares
निजामती सेवा विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन गरिएको छैन : प्रधानमन्त्री
ncell

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयक संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका हुन् ।

साथै उक्त विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको उनले बताएका छन् । राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको पनि उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री दाहालले भने, ‘यहाँ ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरिएको छैन ।’

मन्त्रिपरिषदको बिहीबारको बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?