National life

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक: चन्द्र ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० जेठ २०८१, आइतबार
1.2kShares
निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक: चन्द्र ढकाल
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए ।

‘अबका राजनीतिक दलहरुले अर्थतन्त्रको एजेण्डालाई प्राथमिकतामा राख्नुपर्छ भनेर अघि सरेका छन्,’ उनले भने, ’यहि कुरालाई हरेक बर्ष आउने बजेटले पनि सम्बोधन गर्नुपर्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार हुनुपर्छ भनेर सुझाव दिएका कारण बजेटमा निजी क्षेत्रका केहि सुझावहरु समेटिएको उनले बताए ।

तर, एक बजेटले केहि सहजीकरण र सुविधा दिने तर आगामी आउने वा अर्काे बजेटले ती सुविधाहरुलाई काट्ने समस्या आउँदा निजी क्षेत्र मारमा परेको उनले बताए । यस्तो अप्ठ्यारो उद्योग व्यवसायसँगै बैंक क्षेत्रमा पनि परेको र यसले निजी क्षेत्रमा मात्रै समस्या नपारी सरकारले उठाउने राजस्वमा पनि परेको कुरा राज्यले ख्याल नगरेको बताए ।

यस्ता नीतिहरुमा सरकारले स्थायित्व कायम नगरेकै कारण धेरै उद्योगी व्यवसायीहरु पलायनै हुनुपरेको अवस्था आएको उनले बताए । सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई माथि उकास्न निश्चित कोष बनाउनुपर्ने कुरालाई जोड दिँदै उनले यस्तो कोषको व्यवस्था बजेटले नै गर्नुपर्ने उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?