काठमाडौँ । निरन्तर घटिरहेको सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































