National life

निर्वाचनका लागि फागुन २० देखि लगातार तीन दिन बिदा प्रस्ताव : के गर्ला सरकार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1.1kShares
निर्वाचनका लागि फागुन २० देखि लगातार तीन दिन बिदा प्रस्ताव : के गर्ला सरकार ?
ncell

काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारसँग तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगले फागुन २०, २१ र २२ गते क्रमशः मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष औपचारिक सिफारिस पठाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न तथा टाढा–टाढा रहेका मतदातालाई सहज वातावरण सिर्जना गर्न यस्तो प्रस्ताव गरिएको हो। “धेरै मतदाता रोजगारी, व्यवसाय, अध्ययन वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक स्थानमा बसोबास गरिरहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मतदानस्थलसम्म पुग्न समय अभाव नहोस् भन्ने उद्देश्यले तीन दिन सार्वजनिक बिदाको सिफारिस गरिएको हो,” प्रवक्ता भट्टराईले भने ।

यसअघि फागुन १८ गते सोमबार पहाडी जिल्लाहरूमा र फागुन १९ गते मंगलबार तराईका जिल्लाहरूमा फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेको छ। होलीको बिदापछि लगातार तीन दिन सार्वजनिक बिदा भएमा मतदातालाई आवतजावतमा थप सहजता मिल्ने अपेक्षा गरिएको आयोगको भनाइ छ। विशेषगरी काठमाडौंबाट बाहिरका जिल्ला तथा दुर्गम क्षेत्रका मतदाताले मतदान गर्न आफ्नै जिल्लामा पुग्न पर्याप्त समय पाउने विश्वास गरिएको छ।

आयोगका अनुसार निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले अधिकतम जनसहभागिता सुनिश्चित गर्नु प्राथमिकता हो। विगतका निर्वाचनमा पनि मतदान प्रतिशत बढाउन विभिन्न प्रबन्ध गरिँदै आएको सन्दर्भमा यसपटक बिदाको व्यवस्थालाई प्रभावकारी उपायका रूपमा अघि सारिएको हो। सरकारले आयोगको सिफारिसलाई स्वीकृति दिएमा सम्बन्धित मितिमा सरकारी तथा सार्वजनिक निकाय, शैक्षिक संस्था र अधिकांश कार्यालयहरू बन्द रहनेछन्। निजी क्षेत्रका संस्थानहरूले भने आ–आफ्नो आवश्यकता अनुसार निर्णय गर्ने अपेक्षा गरिएको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जनाएको छ। मतदान केन्द्र व्यवस्थापन, सुरक्षा समन्वय, मतदाता शिक्षा तथा आवश्यक जनशक्ति परिचालनका कार्यहरू अन्तिम चरणमा पुगेको आयोगले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?