National life

निर्वाचन प्रक्रिया अन्तिम चरणमा : चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.3kShares
निर्वाचन प्रक्रिया अन्तिम चरणमा : चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र
ncell

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार सो दिन बिहान ११:३० बजे आयोग परिसरमा औपचारिक कार्यक्रम गरी प्रमाणपत्र हस्तान्तरण गरिनेछ।

आयोगले राजनीतिक दलहरूबाट सिफारिस भई आएका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै उनीहरूलाई निर्वाचित घोषणा गरिसकेको छ। साथै, निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र लिन आउँदा सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजका फोटोसहित आवश्यक कागजात पेश गर्न आग्रह गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट समानुपातिकतर्फ छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिटसहित अग्रस्थान हासिल गरेको छ भने नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समान ४/४ सिट प्राप्त गरेका छन्।

संविधानअनुसार कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ। समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण भएसँगै यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूर्णता पाउने आयोगले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?