National life

निर्वाचन प्रचारमा राष्ट्रिय झण्डा प्रयोगमा कडाइ, दशभन्दा बढी झण्डा निषेध

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ माघ २०८२, आइतबार
948Shares
निर्वाचन प्रचारमा राष्ट्रिय झण्डा प्रयोगमा कडाइ, दशभन्दा बढी झण्डा निषेध
ncell

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोगमा कडाइ गरेको छ। आयोगका अनुसार अब दल वा उम्मेदवारले घरदैलो, जुलुस, आमसभा, कोणसभा, सभा–सम्मेलन वा जुनसुकै प्रकारका र्यालीमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छैनन्।

निर्वाचन आयोगले जारी गरेको निर्देशनमा चुनावी प्रचारका क्रममा राष्ट्रिय झण्डाको अनुचित प्रयोग नगर्न स्पष्ट रूपमा उल्लेख गरिएको छ। आयोगका अनुसार दल वा उम्मेदवारले प्रचारप्रसारका उद्देश्यले राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने व्यवस्था लागू गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगले भनेको छ, “दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको र्याली गर्दा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छैनन्।”

पछिल्लो समय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू घरदैलो कार्यक्रममा मत माग्न जाँदा तथा सभा–सम्मेलनमा राष्ट्रिय झण्डा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको थियो। यसप्रति राष्ट्रिय झण्डाको गरिमामाथि आँच पुगेको भन्दै सर्वसाधारणस्तरमै आलोचना र विरोध हुन थालेपछि आयोगले स्पष्ट निर्देशन जारी गरेको जनाएको छ।

निर्वाचन आयोगले राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको साझा प्रतीक भएकाले यसको मर्यादा, सम्मान र गरिमा जोगाउन सबै राजनीतिक दल तथा उम्मेदवारलाई जिम्मेवार हुन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
948SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?