National life
cg eloctronics

नेकपाको प्रतिबद्धता पत्र आयो, यस्ता छन् मुख्य माइलस्टोनहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ माघ २०८२, बुधबार
1KShares
नेकपाको प्रतिबद्धता पत्र आयो, यस्ता छन् मुख्य माइलस्टोनहरू
muktinatha bikash bank

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी पाँच वर्षका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले आर्थिक वृद्धि, रोजगारी सृजना, कृषि आत्मनिर्भरता, ऊर्जा उत्पादन, सुशासन, महिला सशक्तीकरण र डिजिटल प्रशासनलाई प्रमुख प्राथमिकतामा राख्दै विस्तृत लक्ष्यहरू घोषणा गरेको छ।

नेकपाका अनुसार, आगामी पाँच वर्षभित्र वार्षिक १०% भन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने, बहुआयामिक गरिबीको दर घटाउने, ५ लाख नियमित रोजगारी सिर्जना गर्ने र कृषि तथा जलविद्युत्  क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पार्टीले सार्वजनिक गरेका योजना अनुसार स्मार्ट सिटी र स्मार्ट भिलेज निर्माण, सार्वभौमिक स्वास्थ्य कभरेज, बेरोजगारी बीमा, दलित र महिला अधिकारको प्रवर्द्धन र हरित ऊर्जा प्रयोगलाई प्रमुख प्राथमिकता दिने उल्लेख गरिएको छ।

साथै डिजिटल प्रशासन, ई-शासन, अनुहार रहित तथा नगद रहित प्रणाली, कार्यसम्पादन आधारित मूल्यांकन र राष्ट्रिय साइबर सुरक्षा नीति लागू गर्ने लक्ष्य पनि समेटिएको छ। यी सबै कार्यक्रम र योजनाहरूले नेपालको समग्र विकास र सुशासनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा नेकपाको छ।

नेकपाको प्रतिवद्धता पत्रका मुख्य माइलस्टोनहरू:

आर्थिक वृद्धि:

  • आगामी ५ वर्षभित्र वार्षिक १०% भन्दा बढी आर्थिक वृद्धिदर हासिल गरिनेछ।

everest bank
  • बहुआयामिक गरिबीको दर हालको २०.१५% बाट घटाएर १०% मा झारिनेछ (५ वर्षभित्र)।

  • रोजगारी:

    • प्रतिवर्ष १ लाख ५० हजार थप रोजगारी सिर्जना गरिनेछ।

  • ५ वर्षभित्र कम्तीमा ५ लाख नियमित रोजगारी सुनिश्चित गरिनेछ।

  • विदेशबाट फर्किएका कम्तीमा १ लाख व्यक्तिलाई उद्यमी बनाइने छ (५ वर्षभित्र)।

  • प्रतिवर्ष १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने वार्षिक लक्ष्य राखिनेछ।

  • कृषि:

    • २ वर्षभित्र धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु र माछामा पूर्ण आत्मनिर्भरता हासिल गरिनेछ।

  • आगामी दशकलाई “कृषि लगानी दशक” घोषणा गरिनेछ।

  • सबै किसानलाई किसान परिचयपत्र वितरण गरिनेछ (१ वर्षभित्र)।

  • एकीकृत कृषि ऐन र किसान अधिकार ऐन बनाई लागू गरिनेछ (१ वर्षभित्र)।

  • राष्ट्रिय कृषि विपद् कोष स्थापना गरिनेछ।

  • नियमित कृषि जनगणना गरी डिजिटल किसान डाटाबेस निर्माण गरिनेछ।

  • जलविद्युत् :

    • ५ वर्षभित्र १०,००० मेगावाट थप विद्युत् उत्पादन गरिनेछ।

  • राष्ट्रिय ग्रिडको क्षमता १५,००० मेगावाट पुर्‍याइनेछ (५ वर्षभित्र)।

  • दीर्घकालीन लक्ष्यअनुसार सन् २१०० सम्म ४०,००० मेगावाट विद्युत् उत्पादन गरिनेछ।

  • नेपाललाई शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गरिनेछ।

  • नवीकरणीय ऊर्जाको मिश्रण उल्लेखनीय रूपमा बढाइने छ।

  • विकास र समृद्धि:

    • ५ वर्षभित्र ५ लाख नयाँ आवास इकाई निर्माण गरिनेछ।

  • ५ वर्षभित्र हरेक नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराइनेछ।

  • २० वटा शहरलाई स्मार्ट सिटी बनाइने छ (५ वर्षभित्र)।

  • १०० वटा ग्रामीण वस्तीलाई स्मार्ट भिलेज बनाइने छ (५ वर्षभित्र)।

  • सुशासन:

    • १ वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरिनेछ।

  • हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिनेछ।

  • शक्तिशाली तथा स्वतन्त्र लोकपाल गठन गरिनेछ।

  • खैरो सूची (ग्रेलिस्ट) बाट देशलाई निकाल्न समयबद्ध कार्ययोजना लागू गरिनेछ।

  • प्रशासनिक सेवा:

    • ५ वर्षभित्र सरकारी सेवामा २५% नयाँ तथा सक्षम जनशक्ति भित्र्याइनेछ।

  • संघीय निजामती सेवा ऐन पहिलो अधिवेशनबाट पारित गरिनेछ।

  • उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग गठन गरिनेछ।

  • महिला लक्षित:

    • तलबी महिलालाई दुई सन्तानसम्म ६ महिनाको सुत्केरी बिदा प्रदान गरिनेछ।

  • स्तन क्यान्सर, पाठेघर खस्ने, फिस्टुला, पिसाब चुहिने लगायत महिला विशेष रोगको निःशुल्क उपचार गरिनेछ।

  • हरेक पालिकामा फास्ट ट्र्याक महिला न्याय युनिट स्थापना गरिनेछ।

  • हिंसापीडित महिलाका लागि प्रति पालिका एक आवासीय मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिनेछ।

  • महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५% ब्याज छुट प्रदान गरिनेछ।

  • एकल महिलाको भत्तामा समयानुसार वृद्धि गरिनेछ।

  • सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता गराइनेछ।

  • नागरिकका अधिकार:

    • बेरोजगारी बीमा व्यवस्था लागू गरिनेछ।

  • सार्वभौमिक स्वास्थ्य कभरेज (Universal Health Coverage) चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ।

  • मौलिक हक कार्यान्वयनका लागि संघीय बजेटको ६०% प्रदेश तथा स्थानीय तहमा परिचालन गरिनेछ।

  • लक्षित वर्ग:

    • मुक्त कमैया तथा कमलरीको पुनर्स्थापना २ वर्षभित्र सम्पन्न गरिनेछ।

  • आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरिनेछ।

  • एकीकृत दलित विकास प्राधिकरण गठन गरिनेछ।

  • थारु आयोग, मधेसी आयोग, मुस्लिम आयोग र आदिवासी जनजाति आयोगलाई स्रोत–साधन सम्पन्न तथा प्रभावकारी बनाइनेछ।

  • नयाँ प्रतिनिधिसभा गठन भएको १ वर्षभित्र संघीयता कार्यान्वयनका सबै आवश्यक कानुन तर्जुमा गरिनेछ।

  • संघीय प्रहरी समायोजन १ वर्षभित्र पूर्ण रूपमा कार्यान्वयन गरिनेछ।

  • शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गरी सङ्क्रमणकालको अन्त्य गरिनेछ।

  • सत्य निरूपण, मेलमिलाप तथा बेपत्ता छानबिन आयोगलाई प्रभावकारी बनाइनेछ।

  • सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य हासिल गरिनेछ।

  • हरित जलवायु कोष तथा नोक्सानी क्षतिपूर्ति कोषको अधिकतम उपयोग गरिनेछ।

  • एआई तथा डिजिटल प्रविधिमा आधारित विपद् पूर्वसूचना प्रणाली विकास गरिनेछ।

  • थप प्रमुख योजना/कार्यक्रमहरू:

    • कृषि लगानी दशक घोषणा तथा कार्यान्वयन गरिनेछ।

  • रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ।

  • विपन्नको इलम र सीप : पूँजी र उद्यमका लागि सरकारको साथ” पहल अघि बढाइनेछ।

  • एक सामुदायिक वन, एक उद्यम कार्यक्रम लागू गरिनेछ।

  • हिमाल समृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।

  • मधेस क्षेत्रका लागि विशेष आर्थिक प्याकेज लागू गरिनेछ।

  • महिला सशक्तीकरण कार्यक्रम हरेक पालिकामा सञ्चालन गरिनेछ।

  • ई-शासन ब्लूप्रिन्ट कार्यान्वयन गरिनेछ।

  • अनुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास गरिनेछ।

  • टाइम कार्ड प्रणालीमार्फत सेवा समय ग्यारेन्टी गरिनेछ।

  • कार्यसम्पादन सम्झौता आधारित मूल्यांकन प्रणाली लागू गरिनेछ।

  • शिशु स्याहार केन्द्र हरेक स्थानीय तहमा विस्तार गरिनेछ।

  • ज्येष्ठ नागरिक मैत्री आवास प्रदेशस्तरमा निर्माण गरिनेछ।

  • एक परिवार एक आवास अवधारणा कार्यान्वयन गरिनेछ।

  • हरित अर्थतन्त्र प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

  • कार्बन व्यापार नीति निर्माण गरिनेछ।

  • एकीकृत कृषि सेवा केन्द्र हरेक स्थानीय तहमा स्थापना गरिनेछ।

  • एकीकृत बाल ऐन तथा एकीकृत दलित विकास ऐन तर्जुमा गरिनेछ।

  • राष्ट्रिय साइबर सुरक्षा नीति तथा कमाण्ड सेन्टर स्थापना गरिनेछ।

  • नेकपाको प्रतिबद्धता पत्रले आगामी दशकमा देशलाई समृद्धि, रोजगार र सुशासनतर्फ अघि बढाउने दाबी पारेको छ। यद्यपि, अन्य राजनीतिक दलहरूले आफ्नो प्रतिबद्धता पत्र कहिले सार्वजनिक गर्ने भन्ने अझै स्पष्ट छैन, जसले चुनावी पूर्वाभ्यासमा मतदाताका लागि तुलना गर्ने अवसर सिर्जना गर्नेछ।

    अब मुख्य चुनौती यो हुनेछ कि घोषणा गरिएका योजना र लक्ष्यहरू कार्यान्वयनमा कत्तिको प्रभावकारी ढंगले ल्याइन्छन् र नागरिकका वास्तविक जीवनमा सकारात्मक परिवर्तन देखिन्छ कि देखिदैन ? वा फेरी वाचा वाचामै सीमित हुन्छ ? यो भने हेर्न बाँकी छ ।

    यो समाचार शेयर गर्नुहोस्
    1kSHARES
    machhapuchhre
    shikhar insurance ad
    prabhu mahalaxmi life insurance

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?