National life

नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको महासेठको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ वैशाख २०८१, शनिबार
774Shares
नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको महासेठको दाबी
ncell

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गरे ।

उनले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे । वर्तमान सरकारले भौतिक प्रगतिको रुपमा राम्रो उपलब्धि पाउने उनको दाबी छ ।

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?