National life

नेपालमा सेवा क्षेत्रमा आएको सुधारसँगै मुद्रास्फीति ६.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
610Shares
नेपालमा सेवा क्षेत्रमा आएको सुधारसँगै मुद्रास्फीति ६.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
ncell

काठमाडौँ । विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’अनुसार नेपालको सेवा क्षेत्रमा सुधार देखिएका कारण आर्थिक वृद्धिदर गत वर्षको सुरु आती छ महिनाको तुलनामा यस वर्षको सोही समय अवधिमा बढ्न गएको हो।

पर्यटक आगमनमा भएको वृद्धिले होटल तथा आवास क्षेत्रमा उल्लेख्य सुधार देखिएको तथा बीमा क्षेत्रका गतिविधि बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थतन्त्र सुधार देखिनुमा औद्योगिक क्षेत्र, जलविद्युत् उत्पादन र कृषि क्षेत्रमा धानको उत्पादन बढ्नुलाई मुख्य कारण मानिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले थोक तथा खुद्रा व्यापारमा भने सङ्कुचन देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै गत वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नौ प्रतिशत रहेकोमा यस वर्ष तीन दशमलव तीन प्रतिशत र आगामी वर्ष अर्थात् सन् २०२५ मा औसत पाँच प्रतिशत हाराहारी रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

औसत मुद्रास्फीति गत वर्ष आठ प्रतिशतबाट यस वर्ष छ दशमलव सात प्रतिशत हाराहारी रहेको पनि विश्व बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने बढेको छ । चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध र मरमसलामा देखिएको मूल्यवृद्धिको असर समग्र समग्र मुद्रास्फीतिमा देखिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्य अभिवृद्धि कर ९भ्याट० मा छुट दिएकोमा त्यसले पनि मुद्रास्फीति बढाएको प्रतिवेदनमा उल्लेख छ । आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति छ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । यसअघि विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ मार्फत वर्ष २०२३्२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत र वर्ष २०२४-२५ मा पाँच प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर अहिले उक्त अनुमान घटाएको छ ।

उपभोग बढ्दा वस्तु तथा सेवाको आन्तरिक माग बढेको र यसलाई विप्रेषण आप्रवाहले धानेको देखिएको छ । यद्यपि, विप्रेषणमा देखिएको वृद्धिको अनुपातमा माग भने बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, निजी क्षेत्रको लगानी र राजस्व सङ्कलन घटेको देखिएको छ । विदेशी मुद्राको सञ्चिति ऐतिहासिक उच्च बिन्दुमा पुगेर भुक्तानी सन्तुलन कायम भएको र बाह्य क्षेत्र सहज हुनुका पछाडि रेमिट्यान्स बढ्नु र व्यापार घाटा कम हुनुलाई मुख्य कारण मानिएको छ ।

सन् २०२३ को अर्धवार्षिक अवधिमा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलव सात प्रतिशतले घाटामा रहेकोमा सन् २०२४ को सोही अवधिमा भने दुई दशमलव सात प्रतिशतले नाफामा रहेको देखिएको छ । चालु खाता नाफामा जानुका पछाडि पनि विप्रेषण बढ्नु र व्यापार घाटा घट्नुलाई मुख्य कारणका रूपमा लिइएको छ ।

चालु वर्षको अर्धवार्षिक अवधिमा रेमिट्यान्स आप्रवाह जिडिपीको तुलनामा १० दशमलव नौ प्रतिशतबाट बढेर १२ दशमलव तीन प्रतिशत पुगेको र व्यापार घाटा जिडिपीको १३ दशमलव दुई प्रतिशतबाट घटेर ११ दशमलव छ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

वस्तु आयात घटे पनि न्यून करका कारण विद्युतीय सवारी साधनको आयात भने निकै बढेको छ । सेवा आयात कोभिड महामारी पूर्वको अवस्था भन्दा बढेको छ । जबकि, नेपालको निर्यात भने थोरै मात्र बढेको छ भने महामारी पूर्वको अवस्थामा अझै पुगिसकेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?