National life

नेपाल बैंकको नाफा ९२.६७ प्रतिशतले ह्वात्तै घट्यो,अन्य सूचकहरुमा पनि भारी गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
731Shares
नेपाल बैंकको नाफा ९२.६७ प्रतिशतले ह्वात्तै घट्यो,अन्य सूचकहरुमा पनि भारी गिरावट
ncell

काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडको नाफामा ९२.६७ प्रतिशतले घटेको छ। चैत महिनासम्म बैंकले १३ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ।

खुद ब्याज आम्दानी ४.३७ प्रतिशतले बढेको नेपाल बैंकले चैत मसान्तसम्म ६ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ३३ करोड रुपैयाँ रहेको प्रकाशित विवरणमा देखिन्छ ।

यता कर्मचारी खर्च २ अर्ब ७१ करोड र अन्य सञ्चालन खर्च ७६ करोड ११ लाख रुपैयाँ रहदा बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

हाल नेपाल बैंकको प्रतिसेयर आम्दानी ईपीएस १.१८ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?