National life

नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
690Shares
नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु
ncell

काठमाडौं । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु भएको छ ।

नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको बैठक सुरु भएको हो ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बैठकमा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम उपलब्ध गराउनेबारे छलफल हुने जानकारी दिए ।

‘बैठकमा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागु गर्ने विषयमा कुरा हुन्छ,’ उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाइन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुनेछ ।’

निर्देशक रेग्मीका अनुसार दुई देशका अधिकारीहरू बीचको बैठकमा नेपालले लागु गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने एजेन्डामा पनि नेपालले छलफल गर्नेछ ।

त्यस्तै, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु ९इन्टिग्रेटेड चेक प्वाइन्ट० लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागु गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?