National life

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ साउन २०८२, शुक्रबार
1KShares
नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
ncell

काठमाडौं  । “रिडिफाइनिङ सक्सेस” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।

आ.व.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका अध्यक्ष  प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष  प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा द्धिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सोसम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जीवन बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व लाई आत्मसात गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्ने सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पुण शाखा तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गर्नु भयो साथै आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाईलाई थप बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा सहभागि हुनुभएका कर्मचारीहरलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गर्नु भएको थियो । यसै गरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले वहाँहरुको वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको वताउनु भयो ।

सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बिच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरु लगाएत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?