National life

पशुपतिको जलहरीमा लगाइएको सुन जोख्न पुग्यो अख्तियारको टोली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
561Shares
पशुपतिको जलहरीमा लगाइएको सुन जोख्न पुग्यो अख्तियारको टोली
ncell

काठमाडौं । पशुपतिको जलहरीमा लगाएको सुन जोख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ । सुनको जहलरीमा भ्रष्टाचार भएको भनिएकोबारे छानबिन गर्न आयोगको टोली पशुपति पुगेर सुन जोख्न सुरु गरेको छ ।

आज आइतबार जलहरीमा भएको सुन जोख्नका लागि आयोगको टोली पशुपति पुगेको हो । अहिले पशुपति क्षेत्रमा जलहरीको विषयमा अनुसन्धानका लागि प्रहरी तैनाथ गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारको टोली पुग्ने भएपछि पशुपतिका चार वटै ढोका बन्द गराएर मन्दिर खाली गराइएको थियो ।

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहमा सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि छानबिनको जिम्मा अख्तियारमा पुगेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद्मा विवाद भएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ मा पशुपति दर्शनमा जाँदा मन्दिरभित्र सुनको जलहरी राख्ने घोषणा गरेबमोजिम पशुपतिमा १०३ केजि ७७३ ग्राम सुनको जलहरी निर्माण गरिएको भनिएको छ । जसको लागत ८० करोड ११ हजार रुपैयाँ तिरेर नेपाल राष्ट्र बैंकबाट किनिएको भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?