National life

पाथीभरा क्षेत्रमा आन्दोलनरत समूहलाई तेस्रो वार्ताको लागी सरकारको अपिल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
375Shares
पाथीभरा क्षेत्रमा आन्दोलनरत समूहलाई तेस्रो वार्ताको लागी सरकारको अपिल
ncell

काठमाडौँ। ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग सहित चर्किएको आन्दोलन पश्चात् सरकारी वार्ता टोलीले उक्त आन्दोलनरत समूहलाई पुनः वार्तामा आउन अपिल गरेको छ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई वार्तामा बस्न आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै भट्टराईले वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेको जनाएका छन्।

यसअघि दुई पटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ ।

Royal Enfield
nic asia capital
एक पटक वार्ता भए पनि सहमति जुट्न नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको हो । आन्दोलनकारीले भने आफूहरूको पहिचान नै मेटिने गरी संरचना बन्न लागेको भन्दै अवरोध गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?