काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले अब अन्य कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्। प्राधिकरणले २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस अघि पुनर्बीमा कम्पनीहरुले शेयरमा ५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउथे।
यस्तै प्राधिकरणले पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड(पीईभीसी) मा लगानी गर्न पाउने भएका छन् ।
प्राधिकरणले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड मा जीवन र निर्जीवन बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत निर्धारण गरिएको छ । यस्तो लगानी एकै फण्डमा बढीमा १ प्रतिशतसम्म गर्न सकिने प्राधिकरणले जनाएको छ ।
https://aarthikvoice.com/archives/22958


































