National life

पूर्वप्रधानमन्त्री ओली १३ दिनपछि रिहा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.3kShares
पूर्वप्रधानमन्त्री ओली १३ दिनपछि रिहा
ncell

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई उपचाररत अस्पतालबाटै परिवारको जिम्मा लगाइएको हो।

ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको पक्राउलाई गैरकानूनी भन्दै पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

यस क्रममा सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी अनुसन्धान चैत २६ गतेभित्र सक्न आदेश दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न पनि अदालतले निर्देशन दिएको थियो।

प्रहरीले रिहा गरेपछि उनलाई लिन पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?