National life

पोखराको पृथ्वीचोक क्षेत्रमा बनेका संस्थागत संरचना डोजर लगाएर हटाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
699Shares
पोखराको पृथ्वीचोक क्षेत्रमा बनेका संस्थागत संरचना डोजर लगाएर हटाइयो
ncell

काठमाडौं ।  पोखराको पृथ्वीचोकस्थित बसपार्क अगाडिको संस्थान क्षेत्रमा रहेका विभिन्न मजदुर संगठन तथा संघ–संस्थाका अस्थायी संरचना हटाउने काम सुरु गरिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेसँग निकट मजदुर संगठनसहित सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाले निर्माण गरेका संरचनामा डोजर चलाइएको हो।

पोखरा उपत्यका नगर विकास समिति मातहतको जग्गामा निर्माण गरिएका यी संरचनाबाट विभिन्न संघ–संस्थाले लामो समयदेखि भाडा असुल्दै आएका थिए। यसअघि नेकपा निकट मजदुर संगठनले केही संरचना आफैं हटाएर स्थायी भवनको साँचो समेत सम्बन्धित निकायलाई बुझाएको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हङकङ बजार आसपास आज डोजर चलाइएपछि व्यवसायीहरूले रातिसम्म सामान सारेर स्थान खाली गरेका थिए। सो क्षेत्रमा सहाराद्वारा सञ्चालित सार्वजनिक शौचालयसमेत रहेको छ।

नगर विकास समितिले संरचना हटाउन ३५ दिने अन्तिम सूचना जारी गरेको थियो, जसको म्याद जेठ ९ गते सकिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार खाली गरिएको स्थानमा अब सडक विस्तार गरी बाटो चौडा बनाइनेछ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?