National life

प्रक्रिया पुरा गरेका १६ वटा कम्पनीले पाए शेयर ब्रोकर लाइसेन्सको आशय पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ वैशाख २०८०, सोमबार
1.8kShares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायीको लाइसेन्सको आशय पत्र (एलओआई) दिएको छ ।आज बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले बोर्डबाट मूल्यांकन सकिएका र प्रक्रिया पुरा गरेका १६ वटा कम्पनीलाई आशय पत्र दिएको हो।

बाँकी अन्य बोर्डले तोकेअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएका अन्य कम्पनीहरूको पनि मूल्यांकनपछि प्रक्रिया पुरा गरेकाले एओई पाउँदै जाने बोर्डले जनाएको छ।

मेगा स्टक मार्केट लिमिटेडले पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि एलओलाई पाएको छ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
यस्तै बोर्डले नबिल सेक्युरिटिज लिमिटेडलाई धितोपत्र व्यापारीको लाइसेन्सको लागि एलओलाई प्रधान गरेको छ। अन्य १४ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलालको लागि एलओआई पाएका हुन्।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । उक्त अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।

आशय पत्र पाएका कम्पनीहरु ः

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?