काठमाडौँ । अघिल्लो दिन गिरावट आएको सुनको मूल्य आज फेरि बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ । अघिल्लो दिन २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको मूल्य भने तोलामा एकै पटक ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
































