National life

प्रतिनिधि सभा बैठकः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० पेस गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
690Shares
प्रतिनिधि सभा बैठकः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० पेस गर्ने
ncell

काठमाडौं । विहिवारका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ ।

यस्तै, सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कंसकार रहनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?