National life

प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएन सुधार सुरुङमार्ग उद्घाटनमा जाने कार्यक्रम स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
1.1kShares
प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएन सुधार सुरुङमार्ग उद्घाटनमा जाने कार्यक्रम स्थगित
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नआएपछि आज तय भएको सिद्धबाबा सुरुङमार्गको  ‘ब्रेक थ्रु’को उद्घाटनमा नजाने भएका छन्। चिसोका कारण स्वर भासिएको र सुधार आउन थप आराम गर्नुपर्ने भएको कारण उक्त कार्यक्रममा उपस्थित हुन नसकेको सचिवालयले जानकारी दिएको छ ।

चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु’) आज हुँदैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम थियो । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?