National life

प्रधानमन्त्री कार्यालयमा ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
825Shares
प्रधानमन्त्री कार्यालयमा ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने सरकारको निर्णय
ncell

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्संरचना गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयको दरबन्दीमा व्यापक कटौती गरिएकाले त्यहाँ रहेकाहरू अन्यत्र जाने सरकारको प्रवक्ता रेखा शर्माले बताएकी छिन्।

‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ।

Royal Enfield
nic asia capital
प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरू अब अन्यन्त्र कामकाजमा जानुहुन्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो। त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो। हामी विस्तार गरेर जान्छौँ।’

प्रधानमन्त्री कार्यालयको ओएनएम स्वीकृत गर्दै उक्त निर्णय गरेको हो। यो निर्णयसँगै प्रधानमन्त्रीको सचिवालयमा रहेका अधिकांशलाई कटौती गर्दै अन्यत्र पठाएको छ। कुन कुन कटौती भयो भन्ने बारेमा विस्तृतमा पछि थाहा हुने प्रवक्ता शर्माले बताइन्।

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?