National life

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै,यस्तो छ अंकगणित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
515Shares
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै,यस्तो छ अंकगणित
ncell

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै,यस्तो छ अंकगणितकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

२०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुष २६ गते संसदमा विश्वासको मत लिएका थिए । यही कार्यकालका दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिएका थिए भने एउटै कार्याकालमा अहिले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेकपा (एमाले), रास्वपा, राप्रपालगायतका दलहरुको समर्थनमा २०७९ साल पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

पहिलो पटक विश्वासको मत लिंदा नेपाली कांग्रेससहितको समर्थनमा प्रचण्डले २ सय ६८ मत पाएका थिए जुन ९८ प्रतिशत भन्दा बढी हो । संघीय संसदमा सांसदहरुको २ सय ७५ रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन छोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । त्यसपछि प्रचण्डले पुनः दोश्रो पटक चैत्र ६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले १ सय ७२ मत प्राप्त गर्नु भएका थिए।

यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित रास्वपा, नेकपा (एकिकृत समाजवादी), जसपा लगायतको नयाँ गठबन्धन बनेपछि यही कार्यकालमा प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

हाल कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धनसहितको सरकारका लागि विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।

फागुन २१ गते बनेको नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ ।

हालसम्म प्रधानमन्त्रीलाई पाँच दलको १५२ सांसदको समर्थन जुट्ने देखिएको छ । संसद्मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीको चार–चार गर्दा ११६ मत गठबन्धन बाहिर छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?