National life

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
730Shares
प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ ।

बज्राचार्यसँग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभवका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्यअनुभव रहेको छ ।

बीमा तथा अर्थ जगतका कुशल तथा दक्ष व्यक्तित्व रहनु भएका बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए उत्तिर्ण गरेका छन् । पछिल्लो समय सिईओ बज्रचार्यले प्रभु इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट नतिजा निकाल्न सफल भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीमा सेवालाई सरल र छरितो बनाउन प्रविधिमैत्री बीमा सेवामा जोड दिँदै अघि बढेका सिईओ बज्रचार्यले आगामी दिनमा बीमितलाई छरितो दावी भुक्तानी तथा सरल बीमा सेवा र शेयरधनी उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?