काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्नो २९औं वार्षिक साधारण सभा आज २३ सम्पन्न भएको छ । सभा काठमाडौँको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो ।
सभामा कम्पनीले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । जसमा १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यसका साथै, सभाले ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि संशोधन गरी अनुमोदन गरेको छ । यो हकप्रद सेयर बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा आधारित हुनेछ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरिसकेको छ। त्यसैले, साउन १ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका शेयर धनीहरूले मात्र यस सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य भएका थिए।
































