National life

प्रभु बैंकको खुद नाफा १ अर्ब ८७ करोड नाघ्यो, अधिकांश सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
589Shares
प्रभु बैंकको खुद नाफा १ अर्ब ८७ करोड नाघ्यो, अधिकांश सूचकमा देखियो प्रगति
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

बैंकले प्रकाशन गरेको उक्त विवरण अनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाघेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ।

यस अवधिसम्म बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। बैंकको खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ।

त्यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक हुँदा प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको प्रकाशति वित्तिय विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?