National life

प्रभु महालक्ष्मी लाइफको बीमाशुल्क र आम्दानीमा वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.1kShares
प्रभु महालक्ष्मी लाइफको बीमाशुल्क र आम्दानीमा वृद्धि, कस्तो छ वित्तीय अवस्था ?
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा २७.०७ प्रतिशतले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको सोही अवधिमा कम्पनीले १८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले खुद बीमाशुल्क २ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत आवको तुलनामा २२.४७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा खुद बीमाशुल्क २ अर्ब २६ करोड ७५ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीले कुल बीमाशुल्क २ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत आवको तुलनामा २२.५४ प्रतिशतले वृद्धि हो। गत आवको सोही अवधिमा कुल बीमाशुल्क २ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी १३.३० प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल आम्दानी २ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल खर्च १५.९४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल खर्च २ अर्ब ७९ करोड २३ लाख रुपैयाँ थियो।

इक्विटी र कोष

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ। यसमा सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमा कोष ३३.३१ प्रतिशतले बढेर १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (EPS): ५.०२ रुपैयाँ, पीई रेसियो: ९७.६६ गुणा र प्रतिसेयर नेटवर्थ: ११३.०२ रुपैयाँ कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?