National life

प्रभु महालक्ष्मी लाइफले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने, कति प्रतिशत ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ चैत २०८२, बुधबार
1KShares
प्रभु महालक्ष्मी लाइफले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने,  कति प्रतिशत ?
ncell

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको स्वामित्वमा रहेको १० प्रतिशत सेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले चैत १९ गते विशेष साधारण सभा आह्वान गरेको छ। चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विषयलाई पारित गराउन सभा बोलाउने निर्णय गरेको थियो।

उक्त सभा काठमाडौँको आम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा बिहान ९ बजे सञ्चालन हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषय पनि समावेश गरिएको छ। नियामक निकायबाट कुनै सुझाव, निर्देशन वा भाषागत परिमार्जन आवश्यक परेमा सोही अनुसार संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्तावसमेत पेश गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?