National life

फागुन २१ मा यस्ता सवारीलाई चाहिँदैन पास

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ फागुन २०८२, आइतबार
1.2kShares
फागुन २१ मा यस्ता सवारीलाई चाहिँदैन पास
ncell

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दमकल, एम्बुलेन्स, शववाहन लगायत आपतकालीन सेवामा प्रयोग हुने सवारीसाधनलाई आवतजावतमा कुनै अवरोध नहुने गरी व्यवस्था मिलाइएको छ । साथै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधन पनि सहज रूपमा सञ्चालन गर्न पाइने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी सवारीका लागि छुट्टै पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ ।

त्यसैगरी दूरसञ्चार, विद्युत्, खानेपानी तथा ढल मर्मतसम्बन्धी कार्यमा खटिने सवारीसाधन र अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको घर–अस्पताल आवतजावतमा पनि पास नचाहिने बताइएको छ।

आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोकेका सवारीसाधनलाई समेत सञ्चालन अनुमति दिएको छ । साथै आयोगले गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका एक सहयोगी सहितका सवारीसाधनलाई पनि निर्वाध रूपमा आवतजावत गर्न सहजीकरण गरिने जनाएको छ।




यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?