National life

फास्ट ट्र्याक निर्माणमा भएको ढिलाइलाई लिएर प्रतिधिनिसभामा ध्यानाकर्षण पत्र दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
404Shares
फास्ट ट्र्याक निर्माणमा भएको ढिलाइलाई लिएर प्रतिधिनिसभामा ध्यानाकर्षण पत्र दर्ता
ncell

काठमाडौँ । राष्ट्रिय गौरवको योजना काठमाडौँ–तराई मधेस द्रुतमार्ग ९फास्ट ट्र्याक०को निर्माणमा भएको ढिलाइबारे प्रतिनिधिसभा सदस्यहरूले ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७२ बमोजिम सार्वजनिक महत्वको विषयमाथि रक्षामन्त्रीको ध्यानाकर्षण गर्न उक्त पत्र दर्ता गरिएको हो ।

२०७४ सालमा शिलान्यास गरेर सुरु गरिएको राष्ट्रिय गौरवको योजना (काठमाडौँ तराई मधेस द्रुतमार्ग - फास्टट्रयाक) अहिले सम्म पनि सम्पन्न हुन नसक्दा राज्यलाई आर्थिक भार थपिँदै गएको सो पत्रमा उल्लेख छ ।

"सुरुवाती चरणदेखि नै प्रस्थानबिन्दुको विषयमा लिएर सरकार पक्ष, निर्माण पक्ष र स्थानीयहरू विवाद हुँदै आइरहेको छ।

Royal Enfield
nic asia capital
पटकपटक आन्दोलन र झडप समेत भएको इतिहास छ। राष्ट्रिय गौरवको योजना भनिएता पनि सरकारले स्थानीय आदिवासी, जनजातिहरूसँग समन्वय र सहकार्य गरेर यो परियोजनालाई टुङ्गो लाउन नसकेको स्थिति जगजाहेर छ", पत्रमा भनिएको छ ।

पत्रमा भनिएको छ, "मिति २०८१ कार्तिक २१ गते रक्षा मन्त्रालयले राखेको छलफलमा यो परियोजनाको प्रस्थान विन्दुका लागि विकल्पहरू खोजी गरी ती विकल्पहरूको विस्तृत योजना समेत प्रस्तुत गरिएको थियो जसमा हामी सोही क्षेत्रका संघीय सांसद तथा जनप्रतिनिधिहरूले पनि धारणा राखेका थियौँ। यथाशीग्र प्रस्थान विन्दुको निर्णय गरी सोही अनुरूप कार्य गर्ने भनी सहमति पनि भएको थियो तर सो सम्बन्धमा रक्षा मन्त्रालयले अहिले के गरिरहेको छ रु कुन स्थानलाई प्रस्थान विन्दु राख्ने निर्णय भयो र यो परियोजना म्याद भित्रै सम्पन्न गर्नको लागि रक्षा मन्त्रालयले कसरी योजना बनाएको छ भन्ने बारे मन्त्रालयबाट जानकारी चाहन्छु।"

डा. तोसिमा कार्की प्रस्तावक रहेको यस पत्रमा उदय शमशेर राणा, माधव सापकोटा, निशा डागीलयागत समर्थक रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?