National life

बजारबाट यी २ औषधि तुरुन्त फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
414Shares
बजारबाट यी २ औषधि तुरुन्त फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन
ncell

काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ ।

‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएपछि फिर्ता गर्न निर्देशन दिइएको हो । उक्त ब्याच नम्बर भएका औषधिहरुको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरु न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ ।

Royal Enfield
nic asia capital

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?