National life

बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
745Shares
बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि दोषी ठहर भएका मन्त्रीमामाथि आवश्यक कारबाही हुने बताएका छन् ।

आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेको प्रश्नहरु सुनिसकेपछि जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले आजै हेरेर अघि बढ्ने बताएका छन् ।

आजैको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भौतिक मन्त्री प्रकाश ज्वाला बालकुमारी घटनाको दोषी रहेकोले माग गरेका थिए।

बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए। यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?