National life

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
530Shares
बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव
ncell

अस्ट्रेलियाको संसदको तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेश भएको छ ।

बिहीबार पेश भएको यो विधेयक बारेमा बोल्दै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा यो प्रतिबन्ध लागू हुने बताए।

उनले भने, ‘यो कदम सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि चालिएको हो।’ अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। यो १७ पृष्ठको विधेयक अर्को हप्ता अष्ट्रेलियाली सिनेटमा पेश गर्न सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरिरहेका बेला केही विज्ञले भने यसमाथि प्रश्न उठाइरहेका छन्।केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने विपक्षीहरूको भनाइ छ। एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?