National life

बालिकालाई फकाएर सुन चोरी गर्ने महिलाको लामो आपराधिक इतिहास खुलासा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
1.2kShares
बालिकालाई फकाएर सुन चोरी गर्ने महिलाको लामो आपराधिक इतिहास खुलासा
ncell

पोखरा । पोखरामा बालबालिकालाई लक्षित गर्दै सुनका गहना चोरी गर्दै आएकी एक महिला पुनः पक्राउ परेकी छन्। अम्बिका पुलामी नामकी ती महिलालाई प्रहरीले लामो समयदेखि चलिरहेको चोरी र लुटपाटका घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी पछिल्लो करिब चार वर्षदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएकी थिइन् र उनका नाममा १८ वटा मुद्दा दर्ता भइसकेका छन्।

हालै पोखरा महानगरपालिका–२५ हेमजाको रामचोकमा ६ वर्षीया बालिकालाई “आफ्नी आमाकी साथी” भन्दै विश्वास दिलाएर जुस र आइसक्रिम खुवाएपछि करिब १ लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा लिएर उनी फरार भएकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घटनापछि सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। फुटेजमा पहेंलो रेनकोट लगाएर स्कुटरमा देखिएकी महिलाको पहिचान भएपछि उनलाई पोखरा–९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरिएको हो। प्रयोग गरिएको स्कुटर भाडाको भएको खुलेको छ।

प्रहरीका अनुसार अम्बिकामाथि यसअघि पनि कास्की प्रहरीले पटक–पटक पक्राउ गरी मुद्दा चलाइसकेको छ। उनी २०७९ मा जिल्ला अदालत कास्कीबाट विभिन्न चोरी तथा लुटपाटका १८ मुद्दामा दोषी ठहर भई दुई वर्ष कैद र जरिवानाको सजाय पाएकी थिइन्, तर पछि फरार रहेकी थिइन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?