National life

बालेन लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी 'कहिल्यै देखा नपर्ने मान्छे अब नबोलाउनु'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
1.3kShares
बालेन लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी 'कहिल्यै देखा नपर्ने मान्छे अब नबोलाउनु'
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लक्षित टिप्पणी गरेका छन् । सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन ओलीले निर्देशन दिएका छन्।

आज सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन। सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने भन्दै पटक पटक नबोलाउन टिप्पणी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिएका छन्।

कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको ओलीको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनु पर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ की क्या हो । कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ । कहिल्यै देखा पर्दैन ।

त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ । आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधिखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?